दफा २१क
पद वा दरबन्दी सम्बन्धी विशेष व्यवस्था
(१) दफा २१ बमोजिम कर्मचारीको सरुवा गर्दा पद वा दरबन्दी नपुग हुन गएमा कुल दरबन्दीमा नबढ्ने गरी नपुग भए जति पद वा दरबन्दी स्वतः सृजना हुनेछ र त्यस्तो कर्मचारीको अन्यत्र सरुवा भएपछि सो पद वा दरबन्दी स्वतः खारेज हुनेछ ।
(२) यस ऐन वमोजिम माथिल्लो तहमा तहमिलान वा स्तरवृद्धि भएका कर्मचारीहरू सो तहमा बहाल रहेसम्म त्यस्तो पद स्वतः श्रृजना हुनेछ र त्यस्तो तहको पद कुनै तरिकाले रिक्त हुन आएमा शुरुको तहको पद रिक्त भएको मानिनेछ ।
(३) स्वास्थ्य सेवामा तत्काल कायम रहेको तेस्रो तहबाट चौथो तहमा जति संख्याका कर्मचारीहरु स्तरवृद्धि भएका छने त्यत्ति नै संख्यामा चौथो तहमा स्वतः दरबन्दी सृजना हुनेछ ।
(४) उपदफा (३) बमोजिम सृजना भएको दरबन्दीमा रहेका कर्मचारीको पदनाम तोकिए बमोजिम हुनेछ ।